धनुषामा १८ लाख भन्दा बढीको अबैध चोरी पैठारीको सामान बरामद

२०८३ आश्विन ५, सोमबार ०८:५८

सर्लाही – धनुषामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरी पैठारीका सामान बरामद गरेको छ।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा मातहतका सुरक्षा वेश र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५, सिन्धुली टोलस्थित एक घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा इलेक्ट्रिक सामान, पम्पकिन सिड, विभिन्न किराना सामान तथा प्रतिबन्धित पटाकालगायतका अवैध चोरी पैठारीका सामान बरामद गरिएको हो। बरामद गरिएका सामानको कुल मूल्य १८ लाख १६ हजार १२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार