सर्लाहीमा लागूऔषधसहित एक जना पक्राउ

२०८३ आश्विन ८, बिहीबार १७:४०

मलंगवा – सर्लाहीमा प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका – ११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो चौधरीको घरमा तलासी लिने क्रममा ५ सय ग्राम गाँजा, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट बरामद गरेको हो।

लागूऔषधसहित फेला परेपछि प्रहरीले चौधरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार