आफ्नै घर अगाडी बाँधेको भैसीमाथि बिद्युतको तार चुडिएर खस्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु

२०८३ आश्विन ९, शुक्रबार २०:५९
एआईद्वारा निर्मित फोटो

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका – ११ प्रतिटोलमा आफ्नै घरअगाडि बाँधेर राखिएको भैँसीमाथि विद्युतको नाङ्गो तार चुडिएर खस्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार स्थानीय इन्दल महतोले आफ्नो घरअगाडि बाटोको छेउमा दुहना भैँसी बाँधेर राखेका थिए। शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा २२० भोल्टको नाङ्गो विद्युत् तार अचानक चुडिएर भैँसीमाथि खसेपछि करेन्ट लागेको थियो। करेन्ट लागेपछि भैँसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे दिउँसो करिब ३ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हिरापुर, सर्लाहीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक हेमबहादुर कुँवरको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको अवस्था बुझ्नुका साथै घटनाबारे थप अनुसन्धान तथा आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार