इस्लामवाद – पाकिस्तानको डेरा इस्माइल खानस्थित दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्।
बीबीसी उर्दूका अनुसार विस्फोटपछि घटनास्थलबाट ११ जनाको शव निकालिएको छ। घाइतेमध्ये ३० जनालाई उद्धार गरी प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा भर्ना गरिएको उद्धार अधिकारीहरूले बताएका छन्।

विस्फोटपछि घटनास्थलमा सुरक्षा तथा उद्धार टोली परिचालन गरिएको छ। अधिकारीहरूले घटनास्थलको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएका छन्।
यद्यपि, विस्फोट कसरी भयो र यसको कारण के थियो भन्नेबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक भएको छैन। घटनाको प्रकृति तथा कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।





