मलंगवा – सर्लाहीमा जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका डाँका, चोरी तथा हातहतियारसम्बन्धी मुद्दाका एक कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१ का प्रेमप्रसाद पासवान रहेका छन्।
इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई बुधबार लालबन्दी नगरपालिका–१ स्थितबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पासवान २०८२ साल भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए।

उनी डाँका, चोरी तथा हातहतियार तथा खरखजाना मुद्दामा कैद भुक्तान गरिरहेका थिए। पक्राउपछि पासवानलाई बाँकी कैद भुक्तानका लागि सर्लाही कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





