सर्लाही – नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै ललाई फकाई संवेदनशील अंगमा छुने तथा चिमोट्ने गरेको आरोप छ।

त्यसैगरी, आरोपित शिक्षकले फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने र पटक पटक यौनजन्य क्रियाकलाप गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका – ४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका – ५ बस्दै आएका ४८ वर्षीय नबिन भन्ने नवराज भण्डारी रहेका छन्। प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाईएको छ।





