गोडैतामा छतको भर्‍याङबाट लडेर २ वर्षीय बालक घाइते

२०८३ आश्विन १५, बिहीबार २०:४९

मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – २ बेलवामा छतको भर्‍याङबाट लडेर दुई वर्षीय बालक घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ बजे स्थानीय अनचित मण्डलका दुई वर्षीय छोरा विराट मण्डल आफ्नै घरको छतमा रहेको भर्‍याङ चढ्ने क्रममा लडेका हुन्। भर्‍याङबाट लड्दा बालकको टाउकोमा चोट लागेको र दाहिने कानबाट रगत आएको प्रहरीले जनाएको छ। घाइते बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।

मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि साँझ ७ः१५ बजे जनकपुरतर्फ लगिएको प्रहरीले जनाएको छ। बालकको अवस्था मध्यम रहेको बताइएको छ। घटनाबारे थप बुझ्न प्रहरी चौकी मधुवनगोठबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार