१ सय १० किलो गाँजासहित तिन जना पक्राउ

२०८३ आश्विन १७, शनिबार ०९:३६
सांकेतिक तस्बिर

सर्लाही – सिरहामा नेपालबाट भारततर्फ लैजाँदै गरेको १ सय १० किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले शनिबार औरही गाउँपालिका – १ स्थित दरैया इलाकाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११० किलो ७६० ग्राम गाँजा बरामद गरिएको छ ।

गाँजा ६ वटा बोरामा राखिएको अवस्थामा फेला परेको थियो । गाँजासहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार