पोखरीमा डुबेर बारामा दुई बालिकाको मृत्यु

२०८३ आश्विन १७, शनिबार २०:४३

सर्लाही – बाराको देवताल गाउँपालिकामा जितिया पर्वका अवसरमा नुहाउने क्रममा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीका भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही ठाउँका राजेश पटेलकी १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुवै बालिकाको उमेर १४ वर्ष रहेको छ।

शनिबार साँझ देवताल गाउँपालिका–६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा जितिया पर्वका अवसरमा नुहाउन गएका बेला दुवै बालिका डुबेर बेपत्ता भएका थिए।

बालिका बेपत्ता भएको खबरपछि आफन्त र स्थानीयवासीले पोखरीमा खोजी गरेका थिए। खोजीका क्रममा साँझ करिब ६ बजे दुवै बालिका पोखरीभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार