सर्लाही – सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले खोजी गरी परिवारसँग पुनर्मिलन गराएको छ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा शिवकुमार सदा ६ वर्षको उमेरमा घरबाट हराएका थिए। अहिले १६ वर्ष पुगेका उनलाई लामो समयको खोजीपछि भारतको नयाँ दिल्लीबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार खोजतलासका क्रममा शिवकुमार नयाँ दिल्लीमा रहेको सूचना प्राप्त भएपछि किङ इन्डिया संस्थासँग समन्वय गरी उनलाई फेला पारिएको हो। फेला परेका शिवकुमारलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा उनका अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।





