सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
पसलमा राखिएको नगद चोरी गरी फरार रहेका व्यक्ति काठमाडौँमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका – १४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन्। प्रहरीका अनुसार ब्लोनलाई असोज १८ गते बिहान करिब ११ बजे कोटेश्वरबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी उक्त चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।





