यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

२०८३ आश्विन २०, मंगलवार १८:५७

सर्लाही – यस वर्षको विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार टीका लगाउँदा लगाइदिने र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ।

विजया दशमीकै दिन बिहान ८ः४९ बजे देवी विसर्जनको शुभसाइत तोकिएको छ। सोही दिन तुलजाभवानी यात्रा बिहान १०ः५१ बजे, स्थिरासनको साइत ११ः५२ बजे तथा खड्गयात्रा पनि हुनेछ।

दशैंको सुरुवात असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनाबाट हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर मात्र घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ।

त्यस्तै, असोज ३१ गते शनिबार फूलपाती परेको छ। फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ।

कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी पर्व परेको छ। त्यसको भोलिपल्ट कात्तिक ४ गते विजया दशमीका दिन देवी विसर्जनसँगै दसैंको मुख्य टीका लगाइनेछ। यसैगरी कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार