सर्लाही – बाराको निजगढ नगरपालिका – ११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा निजगढ – ११ रतनपुरका ३९ वर्षीय सम्सेर रुम्बा रहेका छन्।
उनलाई मंगलबार बिहान करिब १०ः४५ बजे रतनपुर पश्चिम टोलस्थित फुटबल मैदान नजिकबाट प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त गस्ती टोलीले रुम्बालाई एक नाल भरुवा बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार रुम्बा मोतिलाल रुम्बाका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। पक्राउ परेका रुम्बामाथि भरुवा बन्दुक राख्नुको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।





