श्रोत नखुलेको रकमसहित एक जना पक्राउ

२०८३ आश्विन २२, बिहीबार २२:१४

सर्लाही – रौतहटको गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडिबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा एक व्यक्ति नियन्त्रणमा परेका छन्।

बुधबार राति करिब साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एआर २४९५ नम्बरको टिभिएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा गौर नगरपालिका – १ निवासी ४२ वर्षीय शेराज अलिलाई नियन्त्रणमा लिइएको हो।

चेकजाँचका क्रममा उनको साथबाट नेपाली रुपैयाँ १ लाख १६ हजार ५ सय तथा भारतीय रुपैयाँ १ लाख फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद रकमसहित शेराज अलिलाई हुण्डीसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार