मलंगवा – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका ५ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा तथा सामान ढुवानीमा प्रयोग भएको अटो बरामद गरिएको छ।
शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले ब्रह्मपुरी गाउँपालिका – ४ स्थित भेल्ही चोकको सीमावर्ती क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको विभिन्न प्रकारका कपडा तथा सामान ढुवानीमा प्रयोग भएको अटोसहित बरामद गरिएका सामग्रीको कुल मूल्य ५ लाख १० हजार ४२० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।





