बारामा घर सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८३ आश्विन २४, शनिवार १६:४८
सांकेतिक तस्बिर

सर्लाही – बाराको जीतपुरसिमरा उपमहानगरपालिका – १४ स्थित बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

शनिबार आफ्नै घरको सरसफाइ गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ४५ वर्षीया सिरिया देवी महतोको मृत्यु भएको हो। स्थानीय रामचन्द्र महतोकी श्रीमती सिरिया देवी घरको पछाडिपट्टि सरसफाइ गरिरहेका बेला नाङ्गो विद्युतीय तारको सम्पर्कमा पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।

घटनापछि उनलाई तत्काल उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घरको सरसफाइ गर्ने क्रममा नाङ्गो तार समाउन पुग्दा उनलाई करेन्ट लागेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार