सर्लाही – सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, ४२ वर्षीय भारतीय नागरिक रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन्।

उनीहरूमाथि सार्वजनिक यातायातका यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोप छ। पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद लिइएको जनाइएको छ।





