सर्लाही – रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब १ बजे रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी करिब ७० वर्षीया सोमरिया देवी ठाकुरको मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। मोटरसाइकलमा तीन जना सवार रहेका थिए।
दुर्घटनामा मोटरसाइकल चालक ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा सोमरिया देवी ठाकुर र बुहारी करिब २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो।
उपचारका क्रममा आइतबार बिहान करिब ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





