सिम्रौनगढमा हिन्दू–मुस्लिम सद्भाव कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १, आइतवार १९:२९

सिम्रौनगढ – धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले बाराको सिम्रौनगढमा आयोजित सचेतनामूलक प्रभातफेरी, सद्भाव र्‍याली तथा सामूहिक एकताको आह्वान कार्यक्रम सम्पन्न भएको छ।

‘धर्म फरक हुन सक्छ, पूजा र इबादतका तरिका फरक हुन सक्छन्, तर मानवता एउटै हो’ भन्ने सन्देशसहित श्री कंकाली माध्यमिक विद्यालय, सिम्रौनगढमा कार्यक्रम सम्पन्न भएको हो।

मानवताका लागि सहयोगी हातहरू संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा हिन्दू तथा मुस्लिम धर्मका अगुवाहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममार्फत धार्मिक सहिष्णुता, आपसी प्रेम, भाइचारा र सामाजिक एकताको सन्देश प्रवाह गरिएको थियो।

संस्थाका अध्यक्ष सुरज कुमार यादवले सहिष्णु समाज, एकताबद्ध समुदाय र समृद्ध राष्ट्र निर्माणका लागि सबैको सहभागिता महत्त्वपूर्ण रहेको बताउँदै आपसी सद्भाव र मानवताको भावना कायम राख्न सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार