बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु

२०८३ कार्तिक २, सोमवार ०९:१३

सर्लाही – बाराको परवानीपुरमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–५, नौतनकी सम्झना कुमारी साह रहेकी छन्।

प्राप्त विवरणअनुसार, आइतबार राति घरमा सुतिरहेकी साहलाई करिब १२ बजे सर्पले डसेको थियो। सर्पदंशपछि उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालको सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो।

तर, अस्पताल पुग्दासम्म बालिकाको अवस्था गम्भीर भइसकेको थियो। उपचारमा संलग्न चिकित्सकले राति १२:३० बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार