वीरगञ्जमा चोरीका गरगहनासहित एक महिला पक्राउ

२०८३ कार्तिक ३, मंगलवार १३:१०

सर्लाही – पर्सामा ४ लाख ११ हजार रुपैयाँ बराबरका चोरीका सुनचाँदीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाको साथबाट एक तोला सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरनजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट फेला परेका हुन्।

बरामद गरिएका गरगहनाको मूल्य ४ लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार