सर्लाही – सामाजिक सञ्जालमार्फत सामाजिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोपमा महोत्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका निवासी २५ वर्षीय अमिर राजा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार गौशाला बजारमा दुर्गाको मूर्ति विसर्जन गर्ने दिन उनले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काउने प्रकृतिको अभिव्यक्ति सम्प्रेषण गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले गत असोज ३० गते उनलाई गौशाला बजारबाट पक्राउ गरेको हो।
पक्राउ परेका राजालाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





