सर्लाहीमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

२०८३ कार्तिक ३, मंगलवार १५:०८
सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।

दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा पर्दा तामाङ गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि बारास्थित एसएल न्यूरो अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले तामाङलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार