मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले सवारी कारबाहीबाट १७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असोज महिनाभरि सवारी कारबाहीबाट उक्त रकम जरिवानाबापत संकलन भएको हो।
सो अवधिमा तीव्र गति, हेल्मेट नलगाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका ९ सय १६ सवारी कारबाही परेका हुन्। यसैबीच, असोज महिनामा जिल्लाभरि १ सय २१ वटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन्। सवारी नियम उल्लंघन नियन्त्रण गर्न प्रहरीले गर्ने कारबाहीबाट राजस्व संकलन भए पनि दुर्घटना न्यूनीकरण र मानवीय क्षति रोक्न ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ।





