मलंगवा – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको ८५ वर्षको उमेरमा निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान काठमाडौंमा निधन भएको हो।
केही दिनअघि अस्वस्थ भएपछि उपचारका लागि काठमाडौं लगिएका साहको उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ।

परिवारका अनुसार साहको पार्थिव शरीर आजै सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिकामा ल्याइनेछ। त्यसपछि उनको अन्त्येष्टि गरिने जनाइएको छ।





