सिमावर्ती क्षेत्रमा ‘प्रहरीको घुमुवा हुँ भन्दै’ तस्करहरुबाट पैसा असुलेको आरोपमा एक जना पक्राउ

२०८३ कार्तिक ८, शनिबार १५:४२

सर्लाही – प्रहरीले तस्करहरुबाट पर्साको सिमावर्ती क्षेत्रमा असुली गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पश्चिमी सीमावर्ती ग्रमिण भेगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै तस्करहरुबाट अवैद्य रकम असुली गरेको आरोपमा अशोक वर्णवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी वर्णवालललाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले बताए ।

पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ । अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ ।

वर्णवाल प्रायः मास्क लगाएर सिमावर्ती क्षेत्रको असुलिमा सक्रिय रहेको बताइन्छ । भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारण समेतलाई घुमुवा बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने प्रहरीमा उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वर्णवालको सहयोगीको रुपमा काम गरेको आशंकामा पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादवलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बोलाएर सोधपुछ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार