चक्रवातको सम्भावित प्रभावलाई लिएर गोडैता नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

२०८३ कार्तिक ११, बुधवार १७:५७
नगर प्रमुख देबेन्द्र यादव

मलंगवा – सम्भावित चक्रवातको प्रभावले भारी वर्षा, चट्याङ तथा बाढीको जोखिम बढ्न सक्ने भन्दै सर्लाहीको गोडैता नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार नगरपालिकाले सूचना जारी गर्दै नदी तथा खोलाको किनारमा नजान, भारी वर्षा र हावाहुरीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा जोखिमयुक्त स्थानबाट सुरक्षित रहन अनुरोध गरेको छ।

नगरपालिकाले विपद्को जोखिम देखिएमा सुरक्षित स्थानमा जान र कुनै आपत्कालीन अवस्था सिर्जना भएमा सम्बन्धित वडा कार्यालय, प्रहरी वा नगरपालिकाको विपद् व्यवस्थापन शाखामा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार