सर्लाहीमा विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

२०८३ कार्तिक ११, बुधवार १९:४७

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका एक जना, आपराधिक उपद्रव तथा डाँका चोरीसम्बन्धी मुद्दाका दुई जना, ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दाका एक जना, कुटपिट अंगभंग मुद्दाका एक जना र चोरी मुद्दाका एक जना रहेका छन्।

त्यस्तै, ठगी (अनुचित लेनदेन) सम्बन्धी मुद्दामा एक जना प्रतिवादी रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार