सर्लाही – सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना लागुऔषध कारोबारमा संलग्न रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।





