सर्लाहीमा १७ लाखभन्दा बढीको पटका र अवैध कपडा बरामद

२०८३ कार्तिक १३, शुक्रवार १०:१०

मलंगवा – सर्लाहीमा सशस्त्र प्रहरीले १७ लाख रुपैयाँभन्दा बढी मूल्यका प्रतिबन्धित पटका र अवैध रूपमा भित्र्याइएका कपडा बरामद गरेको छ।

बिहीबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही र मातहतका युनिट तथा मलंगवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले मलंगवा नगरपालिका–१, भेडैया नजिकै छापामारी गरेको थियो।

भारतसँग जोडिएको दशगजा क्षेत्रनजिकै रहेको एक व्यक्तिको घर तथा गोठमा गरिएको खानतलासीका क्रममा लुकाइछिपाइ राखिएका प्रतिबन्धित आतसबाजी (पटका) र अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानको कुल मूल्य १७ लाख ३५ हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने र पटका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार