सर्लाही – धनुषामा १० दिनदेखि बेपत्ता रहेका सात वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका छोरा साकेत झाको शव शनिबार धानखेतमा फेला परेको हो।
प्रहरीका अनुसार घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा बालकको शव भेटिएको हो। गत कात्तिक ४ गते दशैंको टीका लगाउने दिन घरबाट निस्किएका साकेत त्यसपछि सम्पर्कविहीन भएका थिए।

बालक बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले निरन्तर खोजी गरिरहेका थिए। गाउँघर, आसपासका पोखरी तथा झाडी क्षेत्रमा समेत खोजतलास गरिए पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
शनिबार धानखेतमा शव फेला परेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक रूपमा बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




