पर्साबाट पेस्तोल, गोली र छुरासहित दुई जना पक्राउ

२०८३ कार्तिक १६, सोमवार २०:४०

सर्लाही – सशस्त्र प्रहरीले पर्साबाट पेस्तोल, गोली र छुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठाको चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको झोला जाँच गर्दा कपडाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा डोमी पेस्तोल एक थान, त्यसमा लाग्ने गोली ६ राउन्ड र छुरा तीन थान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४ सय, भारतीय रुपैयाँ २२ हजार ४०, भिभो मोबाइल दुई थान तथा विभिन्न प्रकारका औषधिसमेत बरामद गरिएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार