सर्लाहीमा विभिन्न मुद्दाका फरार ६ जना प्रतिवादी पक्राउ

२०८३ कार्तिक १६, सोमवार २०:४७

मलंगवा – सर्लाहीमा विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ज्यान मार्ने उद्योग तथा अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरूलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ज्यान मार्ने उद्योग मुद्दामा २ जना र अपहरण तथा शरीर बन्धक मुद्दामा ४ जना गरी कुल ६ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो।

त्यस्तै, अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीलाई १ वर्ष ६ महिना कैद र २ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। प्रहरीले पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ।

फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार