सर्लाही – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहार तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ।
समितिका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्किनुपर्ने र दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने जनाएको छ।

समितिले सार्वजनिक गरेको तिहारको तालिकाअनुसार कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते कागतिहार तथा २२ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ। त्यस्तै, कात्तिक २३ गते गाईपूजा, २४ गते गोरुपूजा तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ पनि प्रारम्भ हुने समितिले जनाएको छ।




