जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

२०८३ कार्तिक १८, बुधवार ०९:०६
सांकेतिक तस्बिर

सर्लाही – जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको ज्यान गएको छ।

घटनापछि आरोपित भतिजा फरार भएका छन्। जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। उनका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा उक्त घटना भएको हो।

घटनाबारे राति करिब ९ः४० बजे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक तिलक चन्दको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको कोदालो नजिकैको बारीमा फेला पारेको जनाएको छ।

घटनापछि फरार रहेका बले थापाको खोजी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार