७२ हजार घुससहित पक्राउ परेका सोनमका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव दोषी ठहर

२०८३ कार्तिक १९, बिहिवार १४:१४

सर्लाही – महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बुधबार घुस तथा रिसवत लिएको अभियोगमा यादवलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो। उनलाई महोत्तरीको औरहीस्थित सडकबाट घुस रकमसहित नियन्त्रणमा लिइएको थियो।

गोलबजार नगरपालिका–१२, सिमराका स्थायी बासिन्दा यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर सोनमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए।

गाउँपालिकामा जिम्मेवारी सम्हालेको केही दिनमै उनी घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए। विशेष अदालतको फैसलासँगै यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार