सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२०८३ कार्तिक १९, बिहिवार १७:०९
सांकेतिक तस्बिर

सर्लाही – सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स ९ प ७६५० नम्बरको मोटरसाइकल भलुवाहीमा एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको मृत्यु भएको हो। दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार