सर्लाहीमा भैँसीबाट लडेर एक पुरुष घाइते

२०८३ कार्तिक १९, बिहिवार २०:२७

मलंगवा – सर्लाहीमा भैँसीबाट लडेर एक जना पुरुष घाइते भएका छन्। जिल्लाको ब्रह्मपुरी गाउँपालिका – १ निवासी ३२ वर्षीय जिमिदार बैठा भैँसी चराउन भैँसीमाथि चढेर गएको अवस्थामा लडेर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान करिब १० बजे भएको घटनामा घाइते भएका बैठालाई बिहिबार दिउँसो २ः३० बजे प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। अस्पतालले उनको अवस्था मध्यम रहेको जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरीबाट प्रहरी सहायक निरीक्षक श्यामनारायण दासको कमान्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाबारे थप बुझ्ने कार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार