बारामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०८३ कार्तिक २२, आइतवार १०:१८
सांकेतिक तस्बिर

सर्लाही – बाराको कोल्हबीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कोल्हबी नगरपालिका–२ निवासी २८ वर्षीय अमित मोक्तान रहेका छन् । शनिबार राति तामागढी–कोल्हबी सडकखण्डअन्तर्गत कोल्हबी–२ को न्यौपाने टोलमा मोटरसाइकल दुर्घटना भएको हो ।

मधेस प्रदेश ०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मोक्तानलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी–२ कै २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन् । उनीहरू दुवैको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले दुर्घटनाबारे जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार