सर्लाहीमा निर्वाचन प्रहरीमा भर्नाका लागि छ हजार आवेदन

२०८२ माघ २, शुक्रबार ०९:५५

मलंगवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीमा निर्वाचन प्रहरीका लागि ६ हजार बढीको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही अनुसारका निर्वाचन प्रहरीका लागि ६ हजार २६५ जनाको आवेदन परेको हो।

पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन खुला गरिएकोमा ५ हजार ३४२ जना पुरुष र ९१३ जना महिलाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए।

सर्लाही जिल्लाका लागि ३ हजार ९२६ जना निर्वाचन प्रहरी भर्ना गर्ने कोटा तोकिएको छ। प्राप्त आवेदनलाई आधार मानेर अब छनोट प्रक्रिया तीव्र रूपमा अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार