सर्लाहीमा नेकपाले उम्मेदवार टुंगो लगायो

२०८२ माघ ५, सोमबार १५:४३

सर्लाही – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

लामो समयदेखि चर्चामा रहेको उम्मेदवारी टुंग्याउँदै पार्टीले अन्ततः सबै क्षेत्रमा नाम सार्वजनिक गरेको हो । निरन्तर बैठक, छलफल र आन्तरिक समन्वयपछि नेकपाको केन्द्रीय कमिटीले क्षेत्र नम्बर १ मा पूर्व सांसद प्रमोदकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाले सर्लाही क्षेत्र नम्बर २ बाट महिन्द्रराय यादव, क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्यकी प्रत्यासी तथा पूर्व माओवादी केन्द्रकी नेतृ अनिता देवीका छोरा डा. रजनिस रायलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार