सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु

२०८२ माघ ८, बिहीबार १४:१४

मलंगवा – सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको धनकौल गाउँपालिका – ४, महिनाथपुर का १९ बर्षिय चुनचुन राय रहेका छन्।

धनकौल गाउँपालिका – ३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर उनको आज बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव परीक्षणको लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार