सर्लाही – धुनषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने ५५ वर्षीय चन्देश्वर महतोको करेन्ट लागेर आज ( बिहीबार ) बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार तरकारी बाली जोगाउन करेन्ट प्रवाह गरी लगाएको तारबारबाट करेन्ट लागेर उनको घटनास्थल मै मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ।






