सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन क्षेत्रमा सुरक्षा जाँचका क्रममा एक विदेशी नागरिक सुन जस्तो देखिने धातुसहित पक्राउ परेका छन्।
आइतबार साँझ एयर इन्डियाको उडानमार्फत भारतको दिल्लीबाट काठमाडौं आएका फिनल्याण्डका ६४ वर्षीय इम्तियाज अहमदको ब्याग जाँच गर्दा करिब ४० ग्राम तौल बराबरका चार थान धातुका बिस्कुट फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक रूपमा सुन हुनसक्ने आशंका गरिएको उक्त धातु बरामद भएसँगै थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अहमदलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।





