१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय पक्राउ

२०८२ माघ २८, बुधबार १७:२९
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौंमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बततिया घर भई कीर्तिपुर नगरपालिका–१० भत्केपाटी बस्ने २० वर्षीय विकाश शर्मा रहेका छन्।

बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा कीर्तिपुरबाट खटिएको प्रहरीले शर्मालाई बुधबार बिहान पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार