आज २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै

२०८२ फाल्गुन ३, आईतवार ०८:१८

सर्लाही – आज नेपाली सेनाले २६३ औँ सेना दिवस मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।

हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ । आज राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ ।

सेनाले यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा काम गर्दै आएको छ ।

नेपाली सेनाले सन् १७४४ बाट आजसम्म पनि अबिछिन्न राष्ट्र प्रेम अनि साहस प्रदर्शन गर्दै आएको छ । नेपाली सेनाले सन् २००२ देखि सन् २००७ सम्म आफ्नो संख्याँ ५० हजार वाट ९५ हजार बनाएको छ । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार