बदलिएको कांग्रेश: सभापति कै भ्रस्टचारीसंग उठबस, प्रचारमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग

२०८२ फाल्गुन १०, आईतवार १९:३०

सर्लाही – यति बेला कांग्रेशका सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही – ४ मा छन्। उनि आफ्नो घरदैलो कार्यक्रम मै ब्यस्त छन्। यसै समयमा उनि खुब शिक्षा, स्वास्थ्य, लगायतका बिभिन्न क्षेत्रमा बिकास गर्ने प्रतिबद्धताहरु जनाईरहेका छन्। यसका साथै, उनि सर्लाही – ४ का गाउँ ठाउँमा हिँजोआज दिउँसै मिठा – मिठा सपनाहरु देखाईरहेका छन्। जस्तै बिगतमा काठमाण्डौ – ४ मा देखाएका थिए।

पार्टीले भावी प्रधानमन्त्रीका रुपमा उनलाई घोषणा गरेर चुनावी माहोलमा होमिएको छ भने उनले जित्ने पर्ने एककिसिमको दबाब जस्तै पनि छ। कांग्रेशले पछिल्लो समय बिशेष गरि एउटा नारा खुब जोरले लगाईरहेको छ। त्यो हो – ‘बदलियो कांग्रेश, बदल्छौ देश’ तर बाहिरबाट हेर्दा कांग्रेश बदलिएको जस्तो देखिएपनि भित्र कांग्रेश केहि पनि बदलिएको छैन। यो त एउटा चुनावको समयमा मिठो गफ दिएर जनताबाट मत प्राप्त गर्ने चतुर्याई बाहेक बाँकि केहि पनि होइन।

सर्लाहीमा कांग्रेशको कुरा गर्ने हो भने, भ्रस्टचारीलाई सरक्षण गर्ने, गुण्डा गर्दी गर्ने पार्टीका रुपमा जनताले हेर्ने गर्छन। अहिले गगन सर्लाही – ४ का गाउँघरमा आफ्नो पार्टी सबैभन्दा नयाँ भन्दै देश बनाउने सुशासन कायम गर्ने भन्दै जनतामाझ पुगेका छन्।

सभापति थापा कै भ्रस्टचारीसंग उठबस

सर्लाहीमा गगन आएदेखि नै प्रमाणित भ्रष्टाचारी सुरेन्द्र बहादुर सिंहको निवासीमा बस्दै आएका छन्। सुरेन्द्र सिंह सर्लाहीका पुर्व पार्टी सभापतिसमेत हुन्। उनि अहिले कांग्रेश मधेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई हुन्। मधेसमा कांग्रेश लगभग उनीहरु बिरेन्द्र – सुरेन्द्र ( दाईभाई ) कै कब्जामा रहेको कांग्रेसकै कार्यकर्ताहरु बताउछन्। सर्लाहीमा गगन उनकै निवासीमा बस्दै आइरहेका छन् भने पार्टीका हरेक काम अहिले त्यहिबाट हुँदै आईरहेको बताईएको छ।

यसघि पहिलो पटक गगन सर्लाही आएका बेला सुरेन्द्रसिंहसंग फोटो खिच्न नमानेको एउटा भिडियो सामाजिक संजालमा भाईरल भईरहेको थियो। त्यो समयमा गगन सुरेन्द्र कै निवासमा ४ दिन बसेका थिए, तर ‘त्यो भाईरल भिडियोमा सुरेन्द्र सिंहले सभापति थापासंग एउटा पनि फोटो नभएको र छिटो जाँदाजाँदै फोटो खिचौ भनेको देखिन्छ, तर गगनले भने उनिसंग यस्तो हतार छ आज फोटो छोडनुहोस मलाई जान दिनुहोस तपाईसंग फोटोपछि खिचौला भनेर झर्किएको देखिन्छ।’

प्रमाणित भ्रष्टाचारी सुरेन्द्रसंग गगनले फोटो खिच्न नचाहनुको कारण नै उनि भ्रष्टाचारी भएको बताईएको छ। उनीसंग फोटो खिचे आलोचना हुने भएकाले उनले फोटो नखिचेको पार्टीकै नेता कार्यकर्ताहरु बताउछन। कांग्रेसको विधानमै नैतिक पतन देखिने फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको सदस्यता समेत नरहने प्रावधान छ तर सिंह अहिले पनि सदस्य छन् भने उनलाई तत्कालिन समयमा पार्टीको जिल्ला सभापतिबाट हटाउँन सकेको थिएन, कार्यकर्ताले बिरोध प्रदर्शन देखि बारम्बार उनलाई पदबाट हटाउन माग गरेपनि पार्टीले संरक्षण गरेको थियो

गगनलाई सर्लाही – ४ मा ल्याउन सबैभन्दा ठुलो भूमिका नै सुरेन्द्र – बिरेन्द्रको हो। उनीहरु राजनीतिसंगै व्यापार पनि गरिरहेका छन्। उनीहरुको एउटा मदिरा उद्योग र अर्को क्रसर उद्योग पनि छ। बिरेन्द्र प्रसाद सिंह तिनै हुन् जसले केहि महिना अघि मधेशमा रास्ट्रिय झण्डा फालेका थिए। त्यसपछि उनको देशैभर आलोचना भएको थियो। चारैतिर आलोचना हुन् थालेपछि सिंहले भिडियो सार्वजनिक गर्दै रास्ट्रीय झण्डालाई साईडमा राखेको भन्दै झुट बोलेका थिए।

क्रसर उद्योग मापदण्ड बिपरित रहेका कारण समय समयमा प्रशासनले बन्दसमेत गर्ने गरेको बताईन्छ। गाउँमै क्रसर उद्योग छ, भने त्यहाँ नजिकै एउटा बिद्यालय छ, तर क्रसरका कारण बिद्यालय बन्द गर्नु पर्ने अवस्थामा छ। क्रसर कै कारण प्राय त्यो बिद्यालय बन्द नै रहने धनकौलका स्थानियहरु बताउछन्। शिक्षा, स्वास्थ्य र सुशासनका भाषण गरि नथाक्ने गगनले के यो बिषय नदेखेका होलान त ?

सुरेन्द्रको भ्रष्टाचार काण्ड

सुरेन्द्र प्रसाद सिंह २०५५ सालमा सर्लाहीको मनुष्मारा सिञ्चाई प्रणालीको उपभोक्ता समिति अध्यक्षमा निर्वाचित भएका थिए । मनुष्मारा नदीमा मूल नहर निर्माणपश्चात लगाइएका रूखहरूको संरक्षणका लागि उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो । तर, सिंहको कार्यकालमा वन नियमावलीविपरीत करोडौं रूपैयाँका हरिया सिसौ र अन्य प्रजातिका रूखहरू काटेर बिक्री गरिएको पाइएको थियो ।

वन नियमावली, २०५१ को प्रावधानविपरीत हरिया र स्वस्थ रूखहरू कटान गरी बिक्री गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिनबाट समेत कटान प्रक्रिया गैरकानूनी भएको निष्कर्ष निकालेको थियो । साथै, उपभोक्ता समितिको निर्णयमा समेत त्रुटि रहेको निष्कर्षसहित अख्तियारले सिंहसहित २४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

२०७१ पुस २५ गते विशेष अदालतले भ्रष्टाचार ठहर हुने फैसला सुनाएको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य न्यायाधीशहरू भुपेन्द्रप्रसाद राई तथा महेशप्रसाद पुडासैनीको इजलासले सिंहसहित अन्य एक प्रतिवादीलाई कैद र जरिवानाको सजाय सुनाएको थियो । बाँकी प्रतिवादीहरूले भने सफाइ पाएका थिए ।

उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद सिंहले कूल ३ करोड ८९ लाख ८२ हजार १२० रूपैयाँको काठ बिक्री गरेका थिए । त्यसमध्ये काठ काट्ने ठेकेदारहरूबाट उपभोक्ता समितिको खातामा ४ लाख ८४ हजार ७४० रूपैयाँ मात्र जम्मा भएको अख्तियारको अनुसन्धानबाट पाइएको थियो ।

उपभोक्ता समितिको खातामा जम्मा भएको रकम घटाएर बाँकी हुन आउने ३ करोड ८४ लाख ९७ हजार ३८० रूपैयाँ प्रतिवादी सिंहबाट भराई बिगोबमोजिम जरिवाना भराउन अख्तियारले माग गरेको थियो ।

त्यसैगरी, जल उपभोक्ता समितिका अन्य पदाधिकारीहरू उपाध्यक्ष नवल किशोर प्रसाद साह, कोषाध्यक्ष दशैं पण्डित, सचिव गोनोर महतो, सदस्यहरू तेजनारायण राय, हरिनारायण मण्डल, रामनरेश राउत, हुलास राय, अमिरी राउत, दीपलाल साह, रामप्रेम सिंह, भूपनारायण साह, रामाश्रय साह, बेनी साह, लालबाबु महतो, रामदेवप्रसाद साह, राजाराम राय तथा तत्कालीन गाविस अध्यक्षहरू नन्दलाल महतो (भवानीपुर गाविस), फकिरा महतो (हरकठवा गाविस), रामाश्रय साह (धनकोल गाविस) समेतका प्रतिवादीहरूको हकमा पनि सोहीबमोजिम बिगो भराई कैद सजाय तथा जरिवानाको माग गरिएको थियो ।

तर, विशेष अदालतले गरेको फैसलामा प्रतिवादी सुरेन्द्रप्रसाद सिंहले अख्तियारको माग दाबीबमोजिम नभएर १ करोड २३ लाख ६०६ रूपैयाँसम्म नेपाल सरकारलाई गैरकानूनी हानी नोक्सानी पुर्याएको ठहर गरेको थियो । विशेष अदालतले प्रतिवादी सिंहबाट बिगोबमोजिम १ करोड २३ लाख ६०६ रूपैयाँ असुल गरी निजलाई ९ महिना कैद सजायको फैसला सुनाएको थियो । त्यसैगरी, अर्का प्रतिवादी रामेश्वरप्रसाद भारतीको हकमा बिगोतर्फ दाबी नहुँदा ५ हजार रूपैयाँ जरिवाना माग गरी बाँकी सबै प्रतिवादीहरूलाई सफाइ दिइएको थियो ।

प्रतिवादीमध्येका नारायण प्साद अधिकारी, नवलकिशोर प्रसाद साह, दशै पण्डित, गोनोर महतो, तेजनारायण राय, हरिनारायण मण्डल, रामनरेश राउत, हुलास राय, अमिरी राउत, दीपलाल साह, रामप्रेम सिंह, भूपनारायण साह, रामाश्रय साह, वेनी साह, लालबाबु महतो, रामदेवप्रसाद साह, राजाराम राय, नन्दलाल महतो, फकिरा महतो, रामाश्रय साह र बन्धुलाल चौधरीलाई दावीको कसूर गरेको सवुद प्रमाणबाट पुष्टि नभएको हुँदा सफाइ दिइएको थियो ।

विशेष अदालतले गरेको उक्त फैसलाविरुद्ध वादी तथा प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सोही पुनरावेदनमा सर्वोच्च अदालतले विशेष अदालतले गरेको फैसलालाई सदर गर्दै सुरेन्द्रप्रसाद सिंहको हकमा ९ महिना कैद सजायलाई ४ महिना १५ दिनमा झारेको थियो ।

प्रचारमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग

उसो त गगन सर्लाही आएदेखि नै उनका अघिपछि हिड्ने सवारी साधनहरु प्राय भारतीय नम्बर प्लेटकै रहेका पाईएको छ। अहिले पनि उनि घरदैलोमा समेत उनका कार्यकर्ता उनिसंगै अघिपछि हिड्नेहरु भारतीय नम्बर प्लेटकै गाडीमा देखिने गरेका छन्।

यता, केहि दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भने जिल्लामा फागुन १५ देखि २२ सम्म बिदेशी नम्बरका सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको छ तर कांग्रेसले पार्टीको प्रचारमा समेत भारतीय गाडी प्रयोग गर्ने गरेको भन्दै स्थानीयस्तरमा बिरोध हुने गरेको छ। ( भिडियो हेर्न यसमा क्लिक गर्नुहोस )

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार