मलंगवा – सर्लाहीको कविलासी नगरपालिका वडा नं. ६ जमुनिया गाउँमा जनमत पार्टीका कार्यकर्ता रुपेश मण्डलमाथि धारिलो हतियार प्रहार गरी हत्या गर्ने प्रयास भएको छ ।
स्थानीय नेता सुनिल प्रसाद गुप्ताका अनुसार हरिवन नगरपालिका नयारोड घर भएका राजेश राम र उनका सानीआमाको छोराले मण्डललाई घरबाट बाहिर बोलाएर चक्कु प्रहार गरेका हुन् । घटनापछि उनीहरू फरार भएका छन् ।

घाइते मण्डलको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र फरार अभियुक्तको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





