मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता गत माघ १४ गते मात्र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरे।
तर त्यसको पछिल्लो दिन अर्थात् २४ घण्टा नबित्दै उनले आफू पुरानै पार्टीमा फर्केको र चुनावमासमेत आफ्नो पार्टीलाई भोट दिने भन्दै एउटा भिडियो सार्वजनिक गरे।

जसपा बाट निर्वाचित वडाध्यक्ष गुप्ताले त्यो समयमा आफूलाई कांग्रेशका नेताहरुले झुक्याएर पार्टी प्रवेश गराएको आरोप समेत लगाएका थिए। भिडियोमा उनले आफूलाई सम्मान गर्ने भनेर बोलाएर पार्टी प्रवेश गराएको र पछि आफूले कांग्रेश छोडेको र जसपामा फर्किएको बताएका थिए।
तर तिनै वडाध्यक्ष गुप्ता हिँजोआज भने कहिले नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको चुनावी कार्यक्रमहरु देकिने गरेका छन्। भने कहिले उनका लागि मत माग्दै गगनसंगै प्रचार प्रसारमा लागेको देखिन्छन।
यस बिषयमा वडाध्यक्ष गुप्तासंग बुझ्दा आफूले गगन थापालाई नै सहयोग गर्ने र भोटसमेत उनैलाई दिने बताए। ‘हिँजोआज निरन्तर रुपमा गगन दाई कै चुनावी प्रचार प्रसारमा छु – उनले भने।’
निर्वाचन आयोगले जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छनि तर तपाई थापाको निर्वाचन प्रचार प्रसारमा सहभागी हुनुभाछ किन ? भनेर प्रश्न गर्दा उनले आफूलाई त्यो कुरा थाहा नभएको बताए।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार जनप्रतिनिधिले निर्वाचन प्रचार प्रसारमा सहभागी हुन् पाउंदैनन। निर्वाचन आयोगले हिँजो मात्र प्रेस बिज्ञप्ति जारि गर्दै जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ। – नेपाल न्युज बैंक





