सर्लाहीमा डाँका चोरीका तीन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ फाल्गुन १४, बिहीबार २१:०५
साङ्केतिक तस्बिर

मलंगवा – डाँका चोरीका तीन फरक मुद्दामा अदालतबाट कुल १८ वर्ष १५ दिन कैद सजाय सुनाइएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयन अन्तर्गत डाँका चोरी मुद्दा नं. ०७५-C१-१४७५ मा ७ वर्ष २ महिना ५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवाना, मुद्दा नं. ०७५-C१-१४७६ मा ५ वर्ष २ महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तथा मुद्दा नं. ०७५-C१-१४७७ मा ५ वर्ष ८ महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

सजायपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले फागुन ११ गते साँझ करिब ५ बजे लालबन्दी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको थियो।

अदालतको फागुन १४ गतेको आदेशअनुसार १८ वर्ष १५ दिन कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय मलंगवा पठाइएको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका–६ निवासी ३३ वर्षीय मदन बहादुर लामा रहेका छन्। प्रहरीले फरार अभियुक्तको खोजी तथा फैसला कार्यान्वयन अभियानलाई तीव्रता दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार